काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरू मन्त्रालय भागवण्डाका विषयमा छलफल गरी रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड सहित देउवा र खड्का तीन शीर्ष नेता जारी राखेका छन् ।
देउवाले कांग्रेस उपसभापति खड्कालाई रक्षा मन्त्री बन्न प्रस्ताव गरेका छन् । तर, खड्काले असन्तुष्ट जनाउँदै अर्थ मन्त्री बन्न दबाब बढाएका छन् ।
अर्थ मन्त्रीमा प्रकाश शरण महत बन्न लागेकाले खड्कालाई रक्षा बन्न आग्रह गरिएको हो । अरु पार्टीबाट को को मन्त्री बन्ने भन्ने टुंगो लागेपनि कांग्रेसभित्र भने टुंगो लाग्न सकेको छैन ।