काठमाडौँ। साँस्कृति संस्थान नाचघर र डवली थियटरको प्रस्तुती ‘बुद्ध थियटर फेस्टिवल २०२३’ अन्तरगत पश्चाताप नामक नाटक मञ्चन गरिएको छ।
काठमाडौँको जमलस्थित साँस्कृतिक संस्थान नाचघरमा बिहिबार कलाकार वर्षा भण्डाराको लेखन तथा निर्देशन रहेको ‘पश्चाताप’ शीर्षकको नाटक मञ्चन गरिएको हो। नाचघरमा २९औं ब्याजमा अध्ययनरत कलाकारहरूको अभिनय रहेको ‘पश्चाताप’ नाटक बुद्ध दर्शनमा आधारित छ।
सामाजिक परिबेशमा आधारित रहेर बुद्ध दर्शनलाई जोड्न खोजिएको छ। बृद्धबृद्धाहरूलाई हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने नाटकको उद्देश्य रहेको छ। आयोजकका अनुसार वर्षा भण्डारा कर्णालीबाट पहिलो महिला निर्देशकसमेत भएकी छन्।