काठमाडौँ। अर्थशास्त्री तथा नेपाली कांग्रेसका युवा नेता स्वर्णिम वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका छन्।
बिहीबार अर्थशास्त्री वाग्लेले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन्। स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन्। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उपनिर्वाचन लड्नेसम्मका समाचार आएका छन्।
‘अब कांग्रेस कम्युनिष्टका असल मानिसहरू, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।’