काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।
नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ। नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो। भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो।
त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ। भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ। भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ।
भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन। उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ। नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ। फाइनल खेल आउने बिहीबार हुनेछ।