काठमाडौँ। मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ।
ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरूले उनीविरूद्ध नाराबाजी गरेका हुन्। आफूहरूले नागरिक आन्दोलन गरेको भन्दै उनीहरूले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए।
बिहान टंगालमा धर्ना बसेका उनीहरू भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन्। उनीहरू पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए। तर, मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीविरूद्ध चर्को नाराबाजी गरे।