‘आजको पत्रकारिता: अबको पत्रकारिता’ विषयक अन्तरक्रिया सम्पन्न



काठमाडौँ। नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा आजको पत्रकारिता:अबको पत्रकारिता विषयम अन्तरक्रिया आयोजना गरेको छ।

कार्यक्रममा सहभागि सञ्चारविज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनीयता कायमा राख्न र समयअनुकुल प्रविधिको प्रयोग गर्न जोड दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताप्रति प्रश्न उठ्नेगरेको भन्दै त्यसबाट भाग्न नसकिने बताउनुभयो। उहाँले सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा प्रश्न उठ्ने गरेको भन्दै प्रश्नहरुलाई स्वीकार गरी सञ्चारमाध्यमका सामाग्रीमा विश्वासनीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो। हिजको पत्रकारिता अभ्यासका आधारमा गरिदै आएको भन्दै आज पत्रकारिताका लागि अध्ययन र प्रविधियुक्त भएकाले पत्रकारिता पेशामा अवसर र चुनौति दुबै रहेको अध्यक्ष पोखरेलले बताउनुभयो।

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा।सुरेश आचार्यले पत्रकारिताले क्षेत्र पेशागत सिद्धान्तबाट विमुख हुदाँ अन्य माध्यमहरु हाबी हुन थालेको बताउनुभयो । प्रेस स्वतन्त्रताको उपभोगसंग जोडिएको विषयमा निरन्तर बहस र छलफल हुनुपर्नेमा जोड दिदै सञ्चारमाध्यमका विषयजस्तु सामाजिक न्यायका लागि केन्द्रीय हुनुपर्नेमा जोडदिनुभयो।

महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले आजको पत्रकारितामा विभिन्न चुनौति थपिएको बताउनुभयो। “आजको पत्रकारितमा अवसर र चुनौति दुबै छन्,। यसलाई प्रविधि, शैली र समाज रुपान्तरणका हिसावले व्याख्या विश्लेषण गर्नुपर्छ”। डा। विष्टले पत्रकारितामा कमीकमजोरीहरु रहेको भन्दै आजको पत्रकारितालाई सच्याउन सकिएन अवको पत्रकारिता नसच्चिने समेत बताउनुभयो ।

महासचिव रोसन पुरीले मुलधारको पत्रकारितामा धेरै कमजोरी रहेको बताउनुभयो । उहाँले मुलधारका सञ्चारमाध्यमले सामाजिक न्यायका विषयबस्तुलाई कम स्थान दिने गरेको बताउनुभयो । महासचिव पुरीले नेपाली सञ्चारमाध्यम परम्परागत शैली र प्रश्नहरुबाट गुज्रीरेको भन्दै त्यसलाई निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार पत्रकारिता क्षेत्रलाई समाजले कसरी हेरिरहेको छ, यस विषयमा छलफल र समिक्षा हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पत्रकारितको धर्म निर्वाह गरिरहेको छ कि छैन भन्दै पत्रकार आचारसंहिता र सञ्चार सम्बन्धी निर्देशिका पालना नगर्ने जुनकुनै सञ्चारमाध्यमलाई कारबाही गर्ने बताउनुभयो ।

न्यूनतमा पारिश्रमीक निर्धारण समितिका अध्यक्ष संगती खड्काले सञ्चार क्षेत्रका विकृती विसंगती अन्त्यका लागि सञ्चार साक्षरता अभियान चलाउनुपर्ने बताउनुयो । उहाँले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमीक नदिने सञ्चारमाध्मलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले शुरुवातका दिनमा नेपाली पत्रकारिता पनि आजको जस्तै रहेको भन्दै माध्यमका रुपमा आजको पत्रकारिता फरक रहेको बताउनुभयो ।

पत्रकारले सिक्ने सिकाउने कार्य निरन्तर जारी राख्दै परिवर्तित समयमा सूचना तथा सन्देशलाई सहज र सलर ढंगले लक्षीत समुदायमा पुर्याउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महासंघ लगायत सरोकार संस्थाले पत्रकारिको क्षमता अभिवृद्धि र गलत सूचना सम्प्रेशण रोक्न पहलकदम लिन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागका संयोजक शन्ताराम विडारीले हाल सञ्चारक्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्ला दिनमा पत्रकार तथा सञ्चारक्षेत्रप्रति प्रश्न उठ्न थालेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले आत्मालोचना गर्दै सञ्चारमाध्यमका विषयवस्तुको विश्वासनीयतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारित अध्ययनरत विद्यार्थी तथा पत्रकार साथै सरोकारवालाहरुले आफ्नो अनुभव, प्रश्न र जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य सुभाष प्रसाद साहले गर्नुभएको थियो ।