काठमाडौँ। एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ती क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।