कर्णाली प्रदेशका अर्थमन्त्री शाहसँग करोडौ मूल्यको सम्पत्ति



सुर्खेत। कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विनोदकुमार शाहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनी कर्णालीका सबैभन्दा धनी मन्त्रीसमेत देखिएका छन्। उनको सम्पत्ति विवरणअनुसार काठमाडौँमा लाखौँ मूल्यको घरसहित प्रशस्त मात्रमा चलअचल सम्पत्ति रहेको छ।

श्रीमतीकै नाममा भक्तपुरको सूर्य विनायक नगरपालिका–६ मा ५०८.६४ वर्ग मिटर क्षेत्रफलको घडेरीका साथै पश्चिम दैलेखको आठ बिस नगरपालिका–४ राकम कर्णालीमा १० लाख मूल्य बराबरको घडेरी रहेको छ। त्यस्तै ठाटीकाँध गाउँपालिका– १ मा ५० रोपनी पैतृक जग्गा रहेको शाहले उल्लेख गरेका छन्।

दैलेखका मन्त्री शाहको गाउँमा घर नभएपनि काठमाडौँको बुढानीलकण्ठमा ७५ लाख मूल्य बराबरको २ तलाको घर छ। उक्त घर उनले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहको नाममा राखेका छन्।

अर्थमन्त्री शाहसँग ७५ तोला सुन, एक हजार ५ सय तोला चाँदी र १५ तोलाको हिराको हार रहेको छ। शाहको नाममा २ वटा बैङ्कमा गरी २० हजार बराबरको मौज्दात रकम छ।

विस्तृतमा हेर्नुहोस् अर्थमन्त्री शाहको सम्पत्ति विवरण 

1234