प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त



काठमाडौँ। प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन्।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन्।

प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए।