२०७८ सालको जनगणनाको तथ्याङ्क सार्वजनिक गरिने



काठमाडौँ। नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा हुने भएको छ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्न लागेका हुन्।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लागेका हुन्।