‘अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए’



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गएको स्वीकार गरेका छन्।

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका बेला अन्तरजातीय विवाहलाई गर्वको रूपमा लिने गरेपनि पछिल्लो समय बिस्तारै हराउँदै गएको बताए।

तर, माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरजातीय विवाहहरू कम हुँदै गएको बताए। ‘हामीले ज नयुद्धद्धमा अन्तरजातीय विवाहमा गर्व गथिर्यौ। ती गर्व गर्ने विषय बिस्तारै हुन छोडे। जनयुद्धको बेलामा भएको अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए। अन्तर जातीय विवाह जुनस्तरमा गर्वको रूपमा गरिन्थ्यो त्यो हुन छोडे’ प्रचण्डले भने। दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांस्कृतिक आन्दोलनको विषय भएको प्रचण्डले बताए।

‘हामी जति बेला हामी क्रान्तिकारी आन्दोलनमा थियौं । त्यतिबेला अन्तरजातीय विवाह हुँदा गर्व गर्थियौं। अन्तर जातीय विवाह हुँदा एउटा उच्च जातीय भनिने र दलित समुदायको बिचमा विवाह हुँदा समारोह गर्ने त्यसलाई सम्मानित गर्ने सबैले गर्व गर्ने जनतालाई राखेर भाषण गर्ने गरिन्थ्यो’ प्रचण्डले भने, ‘दलित समुदायबाट वीरता र बलिदान कायम गरिए भने समाजमा स्थापित गरिन्थ्यो। त्यसलाई सांस्कृतिक आन्दोलनको रूपमा लिइन्थ्यो।’

माओवादी विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाबाट यहाँसम्म आइपुग्दा दलित समुदायका हक अधिकारहरुलाई संवैधानिक रूपमा सम्बोधन गर्न सफल भएकोप्रचण्डले बताए। दलित समुदायको विभेद अन्त्य गर्न कानुनी रूपमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताए।