संक्रमणकालीन न्याय कुनै दलविशेषको मुद्दा होइन: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताएका छन्।

उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताएका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको पनि बताए।

‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन। देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो। यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’ प्रधानमन्त्री प्रचण्डले भने।