कालिकोट। स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका १० वटा क्याम्पसहरूको नतिजा सार्वजनिक भएको छ।
आइतबार भएको निर्वाचनको नतिजाअनुसार नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले ४÷४ क्याम्पसको स्ववियु सभापतिमा विजयी बनेका छन्।
यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले २ वटा क्याम्पसमा जित हात पारेको छ। अनेरास्ववियुले सुर्खेतका सिम्ता बहुमुखी क्याम्पस, अमरदीप क्याम्पस, हिम शिखर बहुमुखी क्याम्पस र भेरी क्याम्पस गुमीमा जित निकालेको छ।
त्यस्तै नेविसंघले चामुण्डा कलेज दैलेख, रारा बहुमुखी क्याम्पस मुगु,नन्ददेवि बहुमुखी क्याम्पस कालिकोट र गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा जिते निकालेको छ।
यता अखिल क्रान्तिकारीले जम्मा दुइवटा क्याम्पसमा जित निकालेको छ। जनचेतना बहुमुखी क्याम्पस र तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा क्रान्तिकारीले जित निकालेको हो। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले भने अहिलेसम्म कर्णाली प्रदेशमा खाता खोल्न सकेको छैन।