काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनीत गरेको हो। हालसम्म महासचिव रहेका बेदुराम भुसाललाई भने उपाध्यक्ष मनोनीत गरिएको छ।
४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए।
यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।