रास्वपाले पनि प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताए।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने योजना बनाएका छन्।