काठमाडौँ। काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौँ नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।
यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।
विमान काठमाडौँबाट १५ नटिकल माइल उडेर काठमाडौँ फिर्ता भएको हो ।
विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्याउने तयारी छ ।