काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक भोलि बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ। बैठकमा उपराष्ट्रपति तथा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने छ।