काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा कतिपय क्याम्पसमा विरोध कार्यक्रम पनि भइरहेका छन्।
नेविसंघ नेता अनुराग शाहका अनुसार क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको अराजक शैलीविरुद्ध नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी)–विप्लव, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, राष्ट्रवादी विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी आन्दोलन, अखिल (छैठौँ) स्वतन्त्र विद्यार्थी सञ्जाल र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोध कार्यक्रम गरेका हुन्।
फर्जी र अवैध मतदाता नामावली खारेज गरिनुपर्ने, निर्वाचन अधिकृतले राजीनामा दिनुपर्नेलगायत माग उनीहरूले राखेका छन्। आगामी चैत ५ गते स्ववियु निर्वाचनअन्तर्गत देशभरका क्याम्पसमा मतदान हुँदै छ।