पपुवा न्युगिनीविरूद्ध नेपालको ऐतिहासिक जित (तस्बिरसहित)



काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीलाइ ९ विकेटले पराजित गरेकाे छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो। नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे। उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३.३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए। भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल (मल्ल) सँग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले अविजित १२ रन बनाए। १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।