काठमाडौँ। चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ।
चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो। यसअघि श्रीलंका लगायत देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन। कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो।
चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएकाे छ। ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन्।
यस्तै आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, समोआ, चिले, बी. उरुग्वे, पानामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहामास पनि यो सूचीमा छ।