रामचन्द्र पौडेललाई शीर्ष नेताहरूको बधाई (तस्बिरसहित)



काठमाडौँ। राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएपछि शीर्ष नेताहरूले बधाई दिएका छन्।

पौडेल निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधम नेपाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शीर्ष नेताहरूले पौडेललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्। यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए। यस्तै पाँच मत भने बदर भएको छ।

जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे। उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे।