काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेट भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगंजमा भेट भएको हो।
ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। दुवै नेताहरुबीच करिव आधा घण्टा छलफल भएको छ स्रोतले भन्यो। गत आइतबार पनि दुवै नेताहरुबीच पनि महाराजगंजमा बैठक भएको थियो।
उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। त्यसपछि नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए। शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए। कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ।