पुरानो गठबन्धन ब्युँतियो



काठमाडौँ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो। बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन ब्युताउने सहमति भयो। राष्ट्रपति साँझ टुंग्याउछौं।’

बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो। कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो।

बैठकमा कांग्रेस र एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी प्रस्तुत भएको थियो। कांग्रेसले राष्ट्रपति पाउने सम्भवाना बढेको कांग्रेसका एक नेताले बताए। उपराष्ट्रपति भने जसपाले पाउने नेता श्रेष्ठले बताए।