काठमाडौँ। विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले ९ विकेट लिएको छ।
३८.५ ओभरको खेलमा स्कटल्याण्डले ९ विकेट गुमाएको छ। करण केसीको बलमा ब्रेण्डन म्याकमुलेन ३१ रन बनाएर आउट भएका छन्।
करण केसीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने उनी सन्दीप लामिछाने र सोमपाल कामीपछि तेस्रो नेपाली खेलाडी हुन्।