काठमाडौँ। आज महाशिवरात्री तथा नेपाली सेनाको २६०औं स्थापना दिवस।
तस्बिर: मुकुन्द कालिकोटे
विश्वका हिन्दुधर्मावालम्बिहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्द्रिरमा २० लाखाभन्दा धेरै भत्तालुहरूले श्रद्धाका पाइला टेकेका छन्।
तस्बिर: मुकुन्द कालिकोटे
सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवि भण्डारीको अन्तीम कार्यकालको पूर्वसन्ध्यामा काठमाडौँको टुँडिखेलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिलाई स्वागत गरेका छन्। जुन दृष्य बाँकी वर्षमा सायद देख्न पाइने छैन।
तस्बिर: मुकुन्द कालिकोटे
आजकै दिन क्रिकेटर आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ।
लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो। घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ। नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो। १५ हजारभन्दा धेरै दर्शकको उपस्थिति रहेको थियो।