‘कर्णाली उत्सव’ का बारेमा अशोक योगीले उठाए गम्भीर प्रश्न



काठमाडौँ। सामाजिक अभियन्ता अशोक योगीले आजदेखि सुरु भएको कर्णाली उत्सवः कुडा कर्णालीकामाथि प्रश्न उठाएका छन्।

बिहिबार योगीले सामाजिक सञ्जाल फेशबुकमा मार्फत केही समसामयिक सवालहरू अघि सारेका छन्। चौथो पटक आयोजना गरिएको उक्त कार्यक्रमको उपलब्धि के हो ? भन्दै प्रश्न गरेका छन्। उनले कर्णाली होइन, कर्नाली हो भन्नेसम्मको हेक्का आयोजकलाई नहुनु दुःखद हो भनेका छन्।

उनले लेखेका छन्, ‘कतै कर्णाली कतै कर्नाली किन ? कर्णाली होइन कर्नाली नै हो। बिकटताको परिभाषा होईन, निकटताको साईनो अनि सुनको सिरानीमा छटपटिएको कर्नालीले निरथक बहस होईन, विकास र निकास खोजेको छ। १० जिल्लाको समिश्रणमा बनेको कर्नाली प्रदेशको मुकाम सुर्खेतको वीरेन्द्रनगरभित्र रहेको बुलबुलेमा एउटा भुलभुलैया नामक छलफलको फेरी पनि आयोजना गरिएको छ। जसको कुनै उपादेयता नै छैन भन्दा अन्यथा हुँदैन।

निकै हाईप्रोफाइल मानिनेहरु आउदैछन है आउनुस् है भनेर निकै प्रचारप्रसार गरिएको पाईयो। यो चौथो संस्करण रहेछ। अब त आजसम्मका उपलब्धिहरुको खोजि गर्नुपर्ला नि? यसको सट्टा ग्लोबल र एसियाली भाषिक र सांस्कृतिक फेस्टिबल गर्न किन नसकिएको होला? दुर दराजको त कुरै छोडौं रारा, सिंजा, त्रिपुरा, अपर डोल्पा, पचालझरना, कुपिन्डे दह, तिलिचो ताल, चनदननाथ, भैरबनाथ, योगी नरहरीनाथको जन्मस्थान, डोर बहादुर बिष्ट हराएको गुठी चौर पानडुसैन, सिंजा सभ्यतासहितका उपत्यका, तिलागुफा, पञ्देवल दरबार, तातोपानी श्रीस्थान, नाभिस्थान, पादुका, त्रिबेणी पाटन र बडिमालिका धाम नेपाल र चीनको सिमानाका कैलाश मानसरोवरसम्मलाई नजर कसले लगाउने ? नजिकैको सुर्खेतकै महत्वपुर्ण बिहार, भेरी र राकमसम्म नजर किन अहिलेसम्म नपुगेको होला? यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रमा कर्णाली उत्सव नामको कार्यक्रमको आयोजना किन नगरिएको होला ? योसँग जोडिएका र सहभागी हुनेले फरक अर्थ नलगाई आफैले आफैलाई प्रश्न गर्ने र आयोजकसँग उत्तर माग्न कतै ढिला पो भयोकी ? हालसम्म गरिएको उत्सवपछि कर्नालीबासी र कर्नाली प्रदेशका लागि उपलब्धि के के भए? लेखा जोखा ्गर्नेकी?

यो निकै भड्किलो र खिर्चिलो भएन र ? खर्चको श्रोतको माध्ययम के हो? प्रदेश सरकार, स्थानीय सरकार छ। मुलुक प्रादेशिक मोडेलमा छ प्रदेश सरकारको स्वामित्व के हो? आयोजक संस्था कस्तो कुन वर्ग र चरित्रको हो ? समसामायिक सवाल उठान गर्न साझा र सरकारी संस्थालाई अगुवाई र नेतृत्वबाट बञ्चित किन गरिएको होला? राज्य मुख दर्शक किन बनेको होला? सरकारले चासो र स्वामित्व लिनु पर्देन ? हरेक वर्ष पालमुनि बहस गर्ने बुलबुले उद्यानमा परिवर्तन आएको छ कि छैन? कि उक्त कार्यक्रम मागि खाने भाँडो बनाईरहने हो? आम्दानी कति हुन्छ र लगानी कहाँ कहाँ हुन्छ ? बहस मात्रै सर्बोपरि हो भने गाउँगाउँमा पुगेका सामुदायिक रेडियोहरु, सामाजिक सञ्जालहरु, युटुब च्यानलहरुलगायत टेलिभिजनका पर्दामा त बहसहरु अनि चर्काचर्की त भैरहेकै छैनन् र ?

रैथाने संस्कृति र मौलिक कर्नालीको संस्कृतीको जगेर्ना गर्ने हो भने किन एशियाली उत्सव मनाउन सकिएको छैन? किन खस भाषा र सभ्यतामा आधारित कार्यक्रम सञ्चालन हुन सकिरहेको छैन? मैले कर्णाली होइन, कर्नाली हुनुपर्छ भनेर सुझाव गत साल दिएको थिएँ। आंशिक रूपमा मात्र ब्यानर परिवर्तन त भएछ। तर, कर्णाली उत्सवमा कर्नालीका कुडा साबिकको कर्नालीमा ठूला ठूला नेता साहित्यकार लेखक, विचारक, प्रचारक ल्याउन सकेको भए कार्यपत्रसहितको प्रतिबद्धता सहित कार्यान्वयन सत्रमा परिणत गरिदिएको भए वर्षेनी मागी खाने भाडो बनाउने कथा दोहोरिने थिएन कि?’