अनेरास्ववियुको उपाध्यक्षमा तपेन्द्रजंग शाहीले उम्मेदारी दिने



काठमाडौँ। नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सचीव तपेन्द्रजंग शाहीले संगठनको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।

आगामी फागुन २-४ गते काठमाडौँमा सम्पन्न हुने अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने भएका हुन्।

रत्न राज्य क्याम्पस (आरआर) का स्ववियु सभापतिसमेत रहेका नेता शाहीले आवश्यकता र औचित्यका आधारमा आफू उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी जुटेको बताए। परिस्थितिको ठोस् विश्लेषण गरेर आफू अघि बढेको भन्दै नेता शाहीले देशभरबाट संघीय राजधानी काठमाडौँँमा आउने प्रतिनिधिहरूले आफूलाई विजय गराउने विश्वास व्यक्त गरेका छन्।

को हुन् शाही ?

२०५८ सालमा मावि कमिटी अध्यक्ष
२०६२ सालमा जन उच्च मावि प्राक कमिटी सचिव
२०६५ सालमा महाधिवेशन प्रतिनिधि (पोखरा)
२०६७ मा काठमाडौँ कर्णाली सम्पर्क कमिटी अध्यक्ष
२०६७ मा आरआर क्याम्पस कमिटी सहसचिव
२०६८ मा आरआर क्याम्पस कमिटी सचिव निर्वाचित
२०६९ मा केन्दीय रापस निर्वाचित
२०७० मा आरआर क्याम्पस कमिटी उपाध्यक्ष हुँदै अध्यक्ष निर्वाचित ।
२०७२ मा केन्द्रिय सदस्यमा निर्वाचित
२०७३ मा आरआर स्ववियु सभापतिमा निर्वाचित
२०७४ मा त्रिवि सिनेटर ४ वर्षसम्म !!
२०७८ मा केन्द्रीय सचिव