कैलाली। नेकपा (एकीकृत समाजवादी ) पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने भएकाे छ।
बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएकाे नेकपा (एस) का एक नेताले जानकारी दिएका छन् ।
उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाेपनियताकाे सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेकाे छ तर मुख्यमन्त्री शाह आजै विभाग ताेक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् ।
नेपाली कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलकाे बैठक बाेलाएकाे छ। केहीबेरमा प्रदेशसभा संसदीय दलकाे कार्यालयमा बस्ने बैठकले मन्त्रीकाे नाम टुंगो लगाउने एक सांसदले जानकारी दिए। उनकाअनुसार प्रकाशबहादुर देउवालाई मन्त्री बनाउने निर्णय हुने सम्भावना छ।
तत्काल कांग्रेसले एक जनालाई मात्र सरकारमा पठाउने तयारी गरेकाे छ। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन्।




