ब्राजिलियन फर्वाड नेइमारको ३१औं जन्मदिन मनाईयो



काठमाडौँ। नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम युवा नेता जेसिका लामाको नेतृत्वमा ब्राजिलियन फर्वाड नेइमार जुनियरको जन्मदिन मनाइएको छ।

आइतबार नयाँ नेपाल आश्रम नयाँ वानेश्वरमा नेपालका राष्ट्रिय खेलाडी सुनिल बल र नेइमारका नेपाली फ्यानहरुसङ्ग मनाइएको हाे। पूर्व पत्रकारसमेत रहेकी लामा डा.बाबुराम भट्टराईको नेतत्वमा रहेको नेसपाको केन्द्रीय सदस्य हुन्। नेता लामा पछिल्लो समय नेपाली राजनीतिमा महिला युवाहरूको उपस्थितिलाई वृद्धि गर्ने, महिला अधिकारको पक्षमा बोल्न, कानूनी राज्यको प्रत्याभूति गराउनका लागि राजनीतिमा होमिएको बताउछन्।

नेपालका राष्ट्रिय खेलाडी सुनिल बलको प्रमुख अतित्थ्यतामा नेइमार फ्यान क्लबका सदस्यहरूले नेइमारको ३१औं जन्मदिन मनाएका हुन्। नेयमारको ३१औं जन्मदिनका अनवरमा नयाँ नेपाल आश्रममा खाध्य र शैक्षिक सामाग्री वितरण गरेर मनाएको कार्यक्रमका संयोजक स्विकार डिसि ले जानकारी दिएका छन्।