काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ।
सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ ।
त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ । ‘वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका निर्णयहरू अनुमोदन र कार्यान्वयनका लागि केन्द्रीय कमिटीको तेस्रो बैठक आगामी फागुन ६, ७, ८ गते सिद्धार्थ कटेज धोबीघाटमा ११ बजे बस्ने’, अध्यक्ष गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले बैठक खर्च व्यवस्थपन पार्टी सदस्यले नै व्यहोनुपर्ने जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि अन्तिम तयारीमा छन् ।