संसदमा तोडफोड गरे सांसदले क्षतिपूर्ति तिर्नुपर्ने



काठमाडौँ। सांसदहरुले संसदमा कुनै सामान तोडफोड गरेमा आफैंले क्षतिपूर्ति तिनुपर्ने भएको छ ।

१० माघमा गठित नियमावली मस्यौदा समिति प्रतिनिधिसभाको नियमावली परिमार्जनमा केन्द्रित छ। नियमावली परिमार्जनका क्रममा समिति सदस्यहरु सांसदले कुनै भौतिक क्षति पुर्‍याए उनैबाट भराउने व्यवस्था राख्न एकमत भएका हुन् ।

विगतमा सांसदहरुले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको इतिहास छ। एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ कुर्सी र माइक फुटाएपछि क्षतिको विवरण संकलन गर्न समिति गठन गरिएको र ७ लाखसम्म क्षतिपूर्ति भराउन सिफारिस भएको सम्झिन्छन्। ‘७ लाख त हो क्षतिपूर्ति भराऔं भनेको, होइन भन्ने भयो र त्यो त्यसै रह्यो’ नेम्वाङले मस्यौदा समितिको बैठकमा भने।

संसदमा भएका तोडफोडका घटनालाई ख्याल गरेर प्रतिनिधिसभा नियमावली २०७५ मा पनि कुनै सांसदले संसद बैठकमा भौतिक क्षति पुर्‍याए स्वयंबाट भराउने व्यवस्था राखिएको थियो। जसलाई यसपटक पनि निरन्तरता दिन लागिएको हो।