राप्ति राजमार्गको स्तरोन्नति गरियोस्: अनिता नेपाली



काठमाडौँ। सांसद अनिता नेपालीले दाङ-सल्यानहुँद रूकुमको मुसिकोटसम्म पुग्ने राप्ति राजमार्गको स्तरोन्नतिको माग गरेकी छन्।

२०३६ सालमा उद्घाटन भएको दाङ-सल्यानहुँद रुकुमको मुसिकोट र २०४० राप्ति राजमार्ग नामाकरण भएको थियो। जुन राजमार्गको स्तरोन्नती नभएको सांसद नेपालीको भनाई छ।

सांसद नेपालीले उक्त राजमार्गको स्तरोन्नती नहुँदा लोखा मान्छेहरूले दुःख पाइरहेको र सयौंले अकालमा ज्यान गुमाउनु परेको बताएकी छन्।

सांसद नेपालीले सभामुखमाफर्त उक्त राजमार्गलाई छिटोभन्दा छिटो स्तरोन्नती गर्नका निम्ति भौतिक तथा पूर्वाधार मन्त्रीलाई रुलिङ गर्न अनुरोध गरेकी छन्।