रोनाल्डो साउदी आउँदा चिनियाँ फुटबल पतनको बाटोमा



काठमाडौं। विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ।

उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग पनि जोडेर हेर्न थालिएको छ ।

पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो अल नासर एक एसियन क्लबमा आवद्ध हुनु पैसाको खेले भनेर बुझ्न थालिएको छ । रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आउनुको विषयलाई निकै चर्चामा राखेर हेरिएको थियो । उनी त्यति उच्च मूल्यमा किन अनुबन्ध भए रु जबकि फुटबलमा म्यानचेस्टर युनाइटेडमा रहेर खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको व्यवहारका कारण पनि उनी निकै विवादमा तानिएका थिए ।

चर्चित स्टारहरु पूर्वी क्लबहरुमा आबद्ध हुने क्रम कोभिड(१९ महमारीको केही अघिबाट सुरु भएको हो । कोभिड(१९ को महामारी पछि विश्व अर्थतन्त्र ओरालो लाग्यो । जसको कारण खेलाडीको गर्मीको ट्रान्सफर विण्डो पनि प्रभावित भयो । अझै पनि एसियाली फुटबलको गति भने रोकिएको छैन र यसको प्रभाव अझै पनि जारी छ । यसमा विशेषत पहिला चिनियाँ फुटबल बजारको हालीमुहाली थियो तर अहिले साउदीका तेल बिक्रेता मालिकको फुटबल लगानीले एसियामा ठूला फुटबल स्टार भित्रिन थालेका छन्।

एसियामा फुटबल क्लबमा पैसा खन्याउने चर्चित ऋणी व्यापारीको संख्या पनि बढ्दो छ । यसमा चिनियाँ सुपर लिग सीएसएलमा पछिल्लो दशक भन्दा चर्चित खेलाडी तथा प्रशिक्षकको संख्या बढ्दो छ । पछिल्लो समय निकै चर्चामा आएको सांघाई एसआईपीजीले २०१६ मा १३० मिलियन युरोमा ब्राजिलका दुई खेलाडी ओस्कर र हुल्कलाई भित्र्याए । त्यसअघि नै विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पी र लुइज फेलिप पनि एसियन फुटबलमा आबद्ध भए ।

चीन अन्य भन्दा नियममा निकै कडा राष्ट्र भनेर चिनिन्छ । यो हल्ला प्रशिक्षक तथा खेलाडीलाई अनुबन्ध गर्ने बेला पनि चल्यो । हल्ला चलेको भएर पनि होला उनीहरुलाई खासै त्यस्तो कडा नियममा राखिएन । तर अझ चर्चा को विषय त तब बन्यो जब मेस्सी र रोनालडोलाई चिनियाँ लिगसँग जोड्न थालियो ।

अझ भनौं रोनाल्डो पूर्वसँग जोडिइरहेका छन् । बढ्दो क्लब र खेलाडी अनुबन्ध खर्च धान्न नसकेर टिजियन क्वँजियन नामक चिनियाँ क्लब २०१८ मा बन्द भयो । खर्च धान्न नसक्दा उनीहरुको बिजोग भएको थियो । पाँच वर्षपछि धेरै कुरा बदलियो । टियांजिन चिनियाँ क्लबमध्ये पहिलो क्लब हो, जुन पैसाको र वित्तिय अभावका कारण बन्द भएको हो । त्यसपछि पनि चिनियाँ फुटबल क्लबमा आर्थिक मन्दी छाइरहृयो । देशको प्रमुख विक्रेताको स्वामित्वमा रहेको जियांगसु सुनिङलाई २०२१ मा सीएसएलको उपाधि जितेपछिको एक महिनामा रद्ध गरियो ।

दुई पटक एसियन च्याम्पियन बनेको ग्वान्जझोउ एफसी फुटबलमा एकछत्र राज गर्ने क्लब थियो । मालिक र विकासकर्ताको असमझदारीका कारण क्लब आर्थिक बेरुजु र उधारोको शिकार भयो । सरकारले उधारो लिनबाट रोक लगाएपछि पनि उनीहरु सापटी मागेर चल्न बाध्य भएका थिए ।

चिनको कठोर ‘जिरो कोभिड’ नीतिले त्यहाँका क्लबहरुलाई अझ मुस्किलको स्थिति मात्र सिर्जना गर्‍यो । प्रतियोगिताको उच्च गोलकर्ता अल नासर क्लबका एन्डरसन तालिस्का, अल इत्तिहादका एबडरराजक हमदल्लाह र अल हिललालका ओडियन इग्हालोले साउदी क्लबमा पुग्नु अघि चिनियाँ क्लबमा रहेर सीएसएल खेलिसकेका छन् ।

२०२६ मा महिला एसियाकप आयोजना गर्ने होडमा साउदी अरबले एक महत्वकांक्षी लक्ष्य राखेको छ। २०२३ मा चीनले एसियन कप आयोजनाको होडबाट पछि हट्नु पर्‍यो । जिरो कोभिड नीतिका कारण उनीहरुले यस प्रतियोगितालाई छोडे तर नियम भने तोडेनन् ।

पछिल्लो महिनानै यहि नीतिका कारण चिनियाँ फुटबललाई निकै ठूलो घाटा बेर्होनु परेको थियो । हाल एसियन फुटबलमा साउदी जस्ता तेल बिक्रेताको मालिकको हाली मुहालीले चिनियाँ फुटबलको चमक र शान एसियामा लगभग सकिइसकेको अवस्था छ ।