कोहलपुर (बाँके)। बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ मा पनि दादुराको लक्षण देखा परेको छ।
वडाको रामजानकी टोलमा १४ महिने बच्चा र अर्को एकजनामा दादुराको लक्षण देखा परेको आधारभूत स्वास्थ्य सेवाकेन्द्र वडा नं. १२ का प्रमुख नरेन्द्र थापा क्षेत्रीले जानकारी दिए।
उनीहरूको स्वास्थ्यमा कुनै पनि जटिलता नदेखिएकोले पहिलो डाेज भिटामिन ए काे मात्रा दिई लक्षण अनुसारको उपचार गरी सल्लाह, सुझाव दिएर घरमै छुट्टै निगरानीमा राखिएको उनले बताए।
विगत केही दिनदेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा दादुराको महामारी फैलिएको थियो।
महामारी फैलिएका ठाउँहरूमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरिएको समेत क्षेत्रीले बताए।