हुम्ला विमानस्थलको हिउ पन्छाउन सुरक्षाकर्मी परिचालन



हुम्ला। हुम्ला सुमिकोट विमानस्थल खुलाउन हिउँ पन्छाउने काम हुदैछ।

सदरमुकाम सिमिकोटमा रहेको विमानस्थलमा ११ माघमा परेको हिउका कारण विमानस्थल सञ्चालन हुन सकेको छैन।

उक्त विमानस्थल सञ्चालनका लागि हुम्लामा रहेको श्री बराहदल गुल्मका करिब ५० जना नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,लगाएत सुरक्षा निकायले हिउँ पन्छाउने काम गरिरहेको गुल्मका गुल्मपति सेनानी दिनेश कुमार खड्काले बताए।

विमानस्थलको हिउँ पन्छाउने गाडी बिग्रेका कारण सुरक्षाकर्मीको सहायताले हिउँ पन्छाउने कार्य भैरहेको हो। बिगतका वर्षमा पनि हिउ पन्छाएर विमानस्थल सञ्चालन गर्न नेपाली सेनाको अग्रसरता रहने गरेको छ।