स्ववियु निर्वाचनमा केन्द्रित हुन क्रान्तिकारीको २० बुँदे सर्कुलर



काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा केन्द्रीत हुनेगरी संगठन परिचालन गर्न २० बुदे सर्कुलर जारी गरेको छ।

गत पुस २३ गते बसेको पदाधिकारी बैठकको मंगलबार २० बुदे सर्कुलर जारी गर्दै चैत ५ गते हुने स्ववियू चुनावमा केन्द्रीत हुन निर्देशन दिएको हो।

स्ववियु चुनावमा केन्द्रित भई विश्वविद्यालयमा सक्रिय भई लाग्न विद्यार्थी नेताहरुलाई जिम्मेवारी दिई कार्यविभाजन गरिएको छ। संगठनलाई व्यवस्थित र चुस्त बनाउन प्रदेश अध्यक्ष, इन्चार्ज र जिल्लाको जिम्मेवारी समेत हेरफर गरिएको छ।