‘प्रतिपक्षले जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ’



काठमाडौँ। नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले पत्रकार तथा मिडियाले नभएको कुरा लेखेर बिगार्न खोजेको आरोप लगाएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संस्थापन इतर पक्षको बैठकमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा छलफल भएको हो भन्ने प्रश्नसँगै उनी पत्रकारसँग रिसाएका थिए ।

‘जसरी अखबारहरुमा आयो त्यसरी कुरा उठेको होइन । मैले बोलेकै थिएन त्यो दिन अर्को दिन बोल्ने भनेर बैठक स्थगित भएको । अरु साथीहरुले पनि बोल्नु भएन गगनजीले पनि बोल्नु भएको थिएन,’ कोइरालाले भने, ‘तपाईहरु मिर्च मसला बनाउन नखोज्नुहोस् । एउटा कुरा के बुझ्नुहोस् भने तपाईहरु मिर्च मसला बनाएर बिगार्दै हुनुहुन्छ । मैले बुझेको त्यही हो । बैठकमा साथीहरुले आफ्ना कुरा र विचार राख्नु भयो । त्यहाँ शेखरले भन्यो भनेको छ । गगनले भने भनेर मिडियामा लेखेको छ । त्यो गलत हो नि ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय अब ‘क्लोज’ भइसकेको बताए । ‘विश्वासको मत दिने कुरा च्याप्टर इज क्लोज । तपाईंको लागि क्लोज भएको छैन होला हाम्रो लागि क्लोज भयो । गरिसक्यौं, सकियो अब,’ कोइरालाले भने । कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए । ‘राष्ट्रपतिको चुनाव हामीहरु सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु । नेपाली काँग्रेसले उम्मेद्वार ठ्याक्कै यहि त भनेको छैन । तर, बाहिर चर्चामा दुई जना साथीहरुको आएको छ । अब हेरौं । तर, अब यसमा अरु दलहरुसँग पनि हामी छलफल गर्दैछौं,’ कोइरालाले भने ।

बाहिर चर्चामा आएजस्तो डा।बाबुराम भट्टराईलाई राष्ट्रपतिमा कांग्रेसले सहयोग नगर्ने पनि बताए । ‘बाबुराम भट्टराईजीलाई किन मानिसहरुले सोचिरहनुभएको छ । नहुने त होइन । तर, नेपाली कांग्रेसले आफ्नो उम्मेद्वार दिन्छ नि बाबुरामलाई किन सपोर्ट गर्ने हामीले । त्यो मैले बुझेको छैन,’ कोइरालाले भने । वाम गठबन्धन तोड्नलाई बाबुरामलाई समर्थन गर्ने भनेको होला नि काँग्रेसले भन्ने प्रश्नमा उनले भने, ‘उहाँ ९बाबुराम० पनि बामै त हो नि उहाँ त लेफ्ट नै हो । लेफ्टको प्रधानमन्त्री, लेफ्टको उच्चस्तरीय संयन्त्रको अध्यक्ष अनि लेफ्टै राष्ट्रपति दिने हो र हामीले स्वीकार गर्ने हो भने देशलाई कस्तो बनाउन खोजेको रु मेरो कुरा भनेको नेपाली काँग्रेसले उम्मेद्वार दिन्छ । त्यसलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्छौं । नत्र चुनाव लड्छौं ।’ यद्यपि पार्टी बाहिरको स्वतन्त्र व्यक्तिलाई पनि राष्ट्रपति बनाउने विषय चर्चामा रहेको भएपनि त्यो को भन्ने कुरा त अहिले नआएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न कांग्रेस लागेको बताएकै बेला कोइरालाले भने जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य प्रतिपक्षले राख्नुपर्ने बताए । ‘हामी प्रतिपक्षमा छौं । प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । केपी ओलीले बोलेको कुरा मलाई किन सोध्नु हुन्छ रु हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ त्यही हो नि १ विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको,’ कोइरालाले भने ।

व्यवसायी प्रेमप्रसाद आचार्यले असन्तुष्टि व्यक्त गर्दै गरेको आत्मदाहको विषयमा भने सबै गम्भीर हुनुपर्ने कोइरालाले बताए । ‘यो व्यक्तिगत घटनाजस्तो लिएर अगाडि बढ्यौं भने यो खतरनाक संकेत मैले देखिरहेको छु,’ कोइरालाले भने, ‘राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था कुनै पनि विषयमा हामी ठिक ठाउँबाट हिँडिरहेका छैनौं । त्यसकारण यो जुन घटना भयो अत्यन्त दुःखदायी घटना हो । देख्दा व्यक्तिगत जस्तो लाग्ला । तर, यसले देश कता जाँदैछ भन्ने कुरा देखाउँछ । यो अत्यन्त गम्भीर भएर राज्यले सोच्नुपर्ने हुन्छ ।’