काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ।
८ माघमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन्।
जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन्। हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन्।