काठमाडौँ। आइतबार तामाङ समुदायले भव्यताका साथ काठमाडौँको टुडिखेलमा सोनाम ल्होछार मनाएको छ।
राजधानी काठमाडौँलगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो। हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ।
देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ।
आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।