काठमाडौँ। नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् ।
शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन्।
उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउने बताइन्।
पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु। तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु।’