काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन्। ‘माननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो’ उनले भनिन्। इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन्।
सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काग गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन। समाधान खोज्न उहाँ सडकमा आउनुभयो।’ सांसद रानामगरले पदको उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन्।