राष्ट्रपतिमा समझदारीको कोशिस जारी छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन्।

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए।

‘राष्ट्रपतिका लागि समय बाँकी छ। हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौ’ उनले भने।