यस्तो छ मन्त्रीहरुको वरीयता (सूचिसहित)



काठमाडौँ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। सँगै, उनीहरुको नयाँ वरीयतासमेत कायम भएको छ।

मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन्। यो सँगै उपप्रधानमन्त्रीको संख्या पनि चार पुगेको छ। यसअघि पुस ११ गते मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमालेका बिष्णु पौडेल उपप्रधान तथा अर्थ, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातत्रमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए।

मंगलबार मन्त्रिपरिषद् विस्ता भएसँगै चार उपप्रधानमन्त्रीको नयाँ वरीयतासमेत कायम भएको छ। अब उपप्रधानमन्त्रीको पहिलो वरीतामा अर्थ मन्त्रालय सम्हालेका विष्णु पौडेल, भौतिक पूर्वाधार सम्हालेका नारायणकाकाजी श्रेष्ठ दोस्रो, गृह सम्हालेका रवि लामिछाने तेस्रो र ऊर्जा मन्त्रालय सम्हालेका राजेन्द्र लिङ्देन चौथों वरीयतामा रहने भएका छन्।

समग्र मन्त्रिपरिषदको वरीयतामा प्रधानमन्त्री पहिलो वरीयतामा हुन्छन्। त्यसपछि क्रमस उपप्रधानमन्त्रीहरु हुन्छन्। यस अवस्थामा पौडेल दोस्रो, श्रेष्ठ तेस्रो, लामिछाने चौथो र लिङ्देन पाँचौैं वरीयतामा हुन्छन्।