पोखरा विमान दुर्घटना अपडेट: ७१ जनाको शव फेला पर्यो



काठमाडौँ। आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ।

सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो। यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ। एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।

आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ। ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ। अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने। उनको पहिचान हुन बाँकी छ ।