पोखरा विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त



काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु। यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६८ जनाको शव फेला परेको भए पनि ४ जनाको अझैँ बेपत्ता रहेका छन्।