काठमाडौँ। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ।
विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको (९-एन-एनएसी ७२) विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो। विमानमा चालक दलसहित ७२ जना थिए।
घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ। दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो।