काठमाडौँ। चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यति एअरलाईन्सको विमान पोखरामा दुर्घटना भएको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको जनाइएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए ।
१०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको यो पहिलो जहाँज हो ।