काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले शुक्रबारमात्रै पार्टीमा समाहित भएका कम्युनिस्ट नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ।
शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो।
४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए। उनले समाजवादी आन्दोलनको मुल प्रवाह भएको भन्दै एकीकृत समाजवादीमा समाहित बनेको बताएका थिए।