काठमाडौँ। कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन् ।
केही दिन पहिले उनले एकीकृत समाजवादी पार्टीलाई पत्राचार गरेर आगामी आन्दोलनका बारेमा आफ्ना कुराहरु राखेका थिए। जसको जवाफमा पार्टीका महासचिव डा.बेदुराम भुसालले बिहिबार मात्रै जवाफ फर्काए थिए।
युवा संघ नेपालका महासचिव दिपक जिएमले नेता घनश्याम भुसाल भोलि (शुक्रबार) दिनको २ बजे पार्टीमा समाहित हुने जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘उत्साहित छौ आज। बैचारिक नेता कमरेड घनश्याम भुसाल भोलि माघ २९ गते ठिक २ बजे होटेल अर्याल बानेश्वर बाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने घोषणा कार्यक्रमको लागि छलफलमा हामी।’