काठमाडौँ। अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) को २३ महाधिवेशन फागुनमा हुने भएको छ।
बुधबार बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३,४ गते काठमाडौँमा गर्ने निर्णय गरेको जनाएको छ। त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ। अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ।
तर, पदाधिकारी भित्रकै केही नेताहरुले पहिले स्ववियू निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन्। नेताहरु मोती बिक, तपेन्द्रजंग शाही लगायतका नेताहरुले पहिले स्ववियू निर्वाचनमा होमिनु पर्ने अडान राखेका छन्।
मोति बिकले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘फेसबुके सर्कुलर मानिदैन संगठन कसैको कम्पनि वा प्रालि होईन संगठनको निर्णय विधिवत् रुपमा बैठकबाट निर्णय हुन्छ निर्णय नभएको कुरा फेसबुकका वालमा पोष्ट गरेको देखियो यो कदापि स्वीकार्य छैन।’
त्यस्तै तपेन्द्रजंग शाहीले लेखेका छन्, ‘अनेरास्ववियु स्ववियु निर्वाचनको तयारीमा जुटेको छ। महाधिवेशनको बारेमा कुनै औपचारिक निर्णय भएको छैन।’ त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गरेको छ।